- भदौ ०४, २०८१
अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनीको न्यूयोर्कमा अन्तिम संस्कार गरिएको छ । ब्रेन क्यान्सरको चौंथो स्टेजमा रहेका विवेक पंगेनीको उपचारका क्रममा निधन भएको थियो ।
नेपाली समय अनुसार शनिबार राति ९ः४५ बजे न्यूफिल्ड आइएनसिमा उनको संस्कार गरिएको थियो । अन्तिम संस्कारमा परिवारका सदस्य, साथीभाइ, र न्यूयोर्कक्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू सहभागी थिए ।
केहीवर्ष अगाडि अमेरिकाको जर्जियामा पीएचडी गर्न गएका बर्दिया निवासी विवेक पंगेनी ब्रेन क्यान्सरको सल्याक्रिया पछि, थप उपचारका लागि विगत पाँज महिनादेखि न्यूयोर्कमा आएका थिए । उनको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचारको क्रममा दुःखद निधन भएको हो ।
उनलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै प्रयास गरेकी थिइन् । सिर्जनाको त्याग र समर्पणले नेपाली समुदायमा मात्र होइन, सामाजिक सञ्जालमा पनि उच्च प्रशंसा पाएको थियो । श्रीमानको स्वास्थ्यको लागि निरन्तर संघर्ष गर्दै आएका सिर्जनाका प्रयासहरूले धेरैलाई प्रेरित गरेको छ ।
टिप्पणीहरू: