सोमबार, ०८ पुस २०८१

रविविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता, २७ कराेड बिगाे दावी


पोखरा, ७ पुस । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो ।

रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् । ३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ