- भदौ ११, २०८१
एजेन्सी । दक्षिण कोरियाली नायिका किम से रोनको निधन भएको छ । जसले लिसन टुु माइ हर्ट, द क्वीन्स क्लासरुमलगायतका फिल्ममा काम गरेकी छिन् ।
पछिल्लो समय नेटफ्लिक्स सिरिज ‘ब्लडहाउड्स’ मा काम गरेकी थिइन् । मिडियाले उल्लेख गरे अनुसार उनी १६ फेब्रुअरीमा मृत भेटिएकी थिइन् । द कोरियन हेराल्डका अनुसार उनकी एक साथी उनलाई भेटन उनको घर जाँदा उनलाई अचेत अवस्थामा भेटेकी थिइन् । उनको मृत्यु के कारणले भएको हो अनुसन्धान जारी छ ।
सन २००० मा जन्मिएकी उनले ९ वर्षको उमेरमा अभिनय सुरु गरेकी थिइन् । कम उमेरमै सफलता पाएकी उनी नशामा गाडी चलाएको अभियोगमा पक्राउ समेत परेकी थिइन् । सोही घटनापछि उनले माफी माग्दी अभिनय छाडेकी थिइन् ।
टिप्पणीहरू: