सोमबार, ०८ पुस २०८१

उर्वशी भन्छिन्- कंगनामा साँचो कुरा बोल्ने हिम्मत छ


बलिउड नायिका उर्वशी रौतेला फिल्म मात्रै नभएर निजी जिन्दगीका कारण पनि चर्चामा आउछिन् । पछिल्लो पटक उर्वशी कंगना कनौतको समर्थनमा उभिएपछि उनी थप चर्चायोग्य पात्र बनेकी छिन् ।

सिंह साहब द ग्रेट, समन रे, हेट स्टोरी ४ जस्ता फिल्ममा ग्ल्यामरस अभिनयका लागि उर्वशी निकै चर्चित छिन् । त्यसो त लभ डोज र डूब गए जस्ता लोकप्रिय संगित भिडियोमा पनि उनले अभिनय गरेकी छिन् ।

एक सन्दर्भमा उर्वसीले भनेकी छिन् ‘अलग अलग विषयमा बोल्ने हिम्मतका लागि म कंगनाको प्रसंसा गर्छु ।’ हिन्दी फिल्म उद्योगमा इमान्दार मान्छे कम भएको भन्दै उर्वशीले कंगनालाई साँचो बोल्ने हिम्मत भएको मान्छे भनेर टिप्पणी गरिन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ