- मंसिर १०, २०८२
काठमाडौँ। नेकपा (एमाले)ले समानुपातिक सांसदका लागि १६ जनाकाे नाम निर्वाचन आयोगमा बुझाएको छ।
शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि टुंगो लगाएको १६ जनाको नाम आयोगमा बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।
जसमा आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्य सिफारिस भएका छन्।
यस्तै खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई सिफारिस गरिएको छ।
यसैगरी, थारु समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई चयन गरिएको छ।
टिप्पणीहरू: