आइतबार, ०१ चैत २०८२

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक,जाँचबुझ आयोगको प्रतिवेदन पेश हुने


काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बैठक सुरु भएको  प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

बैठकमा जेन-जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने तयारी भइरहेकाे छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ ।

करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिकरूपमा प्रतिवेदन लैजान लागिएको हो ।

प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ । प्रतिवेदन सार्वजनिक गर्न चर्काे दवाव परेकाे छ । आइतबार माइतीघरमा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन समेत भएकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ