- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसले समानुपातिक सांसदकाे नाम छनाैट गरेकाे छ ।
बन्दसूचीमा रहेका मध्ये २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हाे।
आइतबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नामहरू आयोगमा बुझाउने निर्णय गरेको हो। पाँच जना पुरुषमा विभिन्न क्लस्टरको पहिलो नम्बरमा रहेकाहरुलाई समेटिएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाती रखसआर्यबाट ६–६, दलित र मधेसीबाट ३–३ जनाको नाम बुझाउने छ।
यस्तै, मुस्लिम र थारुबाट १–१ जनाको नाम पठाउने निर्णय भएको उनले बताए। खसआर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रबाट एक एक नाम आयोगमा पठाउने निर्णय गरिएको उनको भनाइ छ।
टिप्पणीहरू: