शनिबार, २४ माघ २०८२

अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै १७ लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ


काठमाडौँ। रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै रु १७ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकामध्ये लामिछाने अष्ट्रेलिया पठाउने भन्दै रु नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै रु आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ