शनिबार, २४ माघ २०८२

फेरि पक्राउ परे दुर्गा प्रसाईं


फाइल तस्बिर

काठमाडौँ। मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उनलाई शुक्रबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट प्रसाईं पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो। सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको हाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ