- असार ०६, २०८०
काठमाडाैं । काठमाडौंबाट टर्कीको इस्ट्यानबुलका लागि उडेको जहाजकाे इन्जिनमा आगो लागेपछि कलकत्ता डाइभर्ट गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।
काठमाडौंबाट दिउँसो १३ः२९ मा विमानले उडान भरेको टीके–७२७/ए३३३ उडान नम्बरको जहाजको दायाँ इन्जिनमा आगाे लागेकाे कार्यालयले जनाएकाे छ । इन्जिनमा आगाे लागेपछि जहाज कलकत्ता डाइभर्ट भएको थियाे ।
त्यसपछि केही समय होल्ड गरी कलकत्ता डाइभर्ट भएको जहाज नेपाली समयअनुसार अपराह्न ३ः०३ मा विमानस्थलमा सकुशल अवतरण गरेको हो।
जहाजमा २२५ यात्रु र चालक दलका ११ गरी जम्मा २३६ जना रहेका थिए। अहिले सबै सुरक्षित छन् ।
टिप्पणीहरू: