मङ्गलबार, ०३ असार २०८२

यातायातका 'हाकिम' गाैतममाथि २ करोड ५१ लाख भ्रष्टाचार गरेकाे आराेप


काठमाडाैं ।  यातायात व्यवस्था कार्यालयका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। 

व्यवस्था कार्यालय पर्साका आठौँ तहका अधिकृत गौतमले पदमा बाहल हुँदा २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।  

गौतम उक्त पदमा २०५५ साल वैशाख ७ गतेदेखि ०७९ चैत २४ गतेसम्म रहेको र साेही अवधिमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा वैध रकम जम्मा गरेको पनि अख्तियारले उल्लेख गरेको छ। 

उनले सार्वजनिक पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको र श्रीमती सरला नेपालको नाममा राखेको पाइएको अख्तियारको दाबी छ।

अख्तियारले नेपाललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। यातायात कार्यालय घुस लिएर मात्रै सेवाग्राहीकाे काम गर्ने सरकारी अड्डाकाे रुपमा चिनिन्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ