मङ्गलबार, ०३ असार २०८२

टिकटकर रमा : हिजो गाली गरिन्, आज खाँदैछिन्


काठमाडौं । टिकटकर रमा बस्नेत टिकटकमा चर्को बोलेरै चर्चामा आइन् । कांग्रेस, एमाले, माओवादीलगायतका पार्टी नेताहरुको उछित्तो काढ्ने रमाका विषयमा अहिले सामाजिक सञ्जाल मार्फतै उनैमाथी गालीको वर्षा सुरु भएको छ ।

टिकटक मार्फत प्रतिष्ठित व्यक्ति एवं संस्थाप्रति तथ्यहिन विषय प्रस्तुत गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोद्धारा पक्राउ गरिएकी बस्नेतका विषयमा समाज विभाजित छ ।

एमाले साँसद सूर्य थापाले रमासँग सम्बन्धित नेपाल प्रेसको समाचार शेयर गर्दै लेखका छन् ‘गाली गलौजमा सोसल मिडियामा बकवास गर्दै उफ्रनेहरु यसरी नै समातिनु अनिवार्य छ ।’ पूर्वपत्रकार नारायण वाग्लेले भने सर्वसाधारणले मनको कुरा पोख्न पनि नपाउने हो भनेर प्रश्न गर्दै देशमा संकटकाल लागेको हो भनेर प्रश्न गरेका छन् ‘टिकटकर रमा बस्नेतलाई तथ्यहीन विषय प्रस्तुत गरेको भन्दै साइबर ब्युरोले पक्राउ गरेछ । सर्वसाधारणले सरकार वा पदाधिकारीप्रति मनको कुरा पोख्न पनि नपाउने? के देशमा संकटकाल लागेको हो र ?’ उनले एक्समा लेखेका छन् ।

कतिपयले भने रमाको विषयमा आपत्तिजनक टिप्पणी समेत गरेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले जारी गरेको सूचनासँगै रमाका विषयमा अभद्र टिप्पणी गर्नेहरु पनि धेरै छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ