- असार ०७, २०८०
काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । सोमबार राति बेनीघाट रोराङ गाउँपालिका-१०, बाँदरेमोडमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले पहिरो पन्छाउने काम सुरु भइसकेको छ । तर पहिरो पन्छाउन दिनभर लाग्न सक्ने प्रहरीले जनाएको छ । प्रहरीले पायक पर्ने वैकल्पिक सडक भएर यात्रा गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसअघि मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार पहिरो खस्दा झन्डै ३ दिन यातायात अवरुद्ध भएको थियो ।
टिप्पणीहरू: