बिहिबार, ०६ कात्तिक २०८२

देउवाविरुद्ध हस्ताक्षर अभियान सुरु, ओली कार्यकर्ता फकाउँदै


काठमाडाैं । जेनजी आन्दाेलनपछिकाे परिवर्तित अवस्थामा नेपाली कांग्रेस र एमालेमा नेतृत्व फेर्नु पर्ने आवाज उठेकाे छ ।  नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।

पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

यता एमालेमा पनि केपी ओली पार्टीबाट विदा हुनु पर्ने आवाज मुखरित हुन थालेकाे छ । तर, ओली तत्कालै बाहिरिने याेजनामा छैनन् । सचिवालय सदस्यहरुलाई छुट्टा छुट्टै भेटेर आफुलाई सहयाेग गर्न आग्रह गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ