शुक्रबार, १३ कात्तिक २०८३

२८ वर्षे युवाकाे दुई अर्ब १६ करोडको क्रिप्टो कारोबार


तस्विर : एआई

काठमाडौँ । गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म रु दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।

विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एपमार्फत सट्टेबाजी खेल्ने, खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले जिल्ला धनुषा प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ