आइतबार, ०३ जेठ २०८३

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस


काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध  कार्यक्रम गर्दैछ ।

मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ ।  अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको थियाे । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

नेताद्वयकाे निधन भए लगत्तै तत्कालिन एमाले हत्या भएकाे भन्दै सडक आन्दाेलन गरेकाे थियाे । मदन-आश्रितकाे हत्याकाे विषयमा छानविन गर्नु पर्ने आवाज उठे पनि पटक पटक सत्तामा पुगेकाे एमालेले छानबिनका विषयमा चासाे देखाएकाे छैन ।

साेही घटनामा जाेडिएका अमर लामाकाे रहस्यमय हत्या भएकाे थियाे ।

भण्डारी पत्नी विद्या भण्डारी दुई कार्यकाल राष्ट्रपति भैसकेकी छिन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ