शनिबार, ०२ जेठ २०८३

प्रधानमन्त्री कार्यालयकाे नाम लिँदै दैलेखका वडासचिव धम्क्याउने खड्का पक्राउ


काठमाडौं । प्रधानमन्त्री कार्यालयबाट बाेलेकाे भन्दै दैलेखका एक वडासचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक घर भई हाल काठमाडौंको शंखमुल बसिरहेका २२ वर्षीय खड्का काठमाडौंबाट पक्राउ परेका हुन् ।

खड्कालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुँ भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडिओ सार्वजनिक भएकाे थियाे ।

शनिबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खड्कामाथि कडा कारबाही गर्न निर्देशन दिइएको जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ