- असार ०६, २०८०
काठमाडाैं । बोराभित्र पाेकाे पारिएकाे एक करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले ललितपुरको नख्खुबाट रकमसहित तीन जनालाई पक्राउ गरेको हाे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको उक्त रकमसहित तीन जनालाई पक्राउ गरेको जनाएकाे छ ।
पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जनालाई बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा जाँदै गरेकाे अवस्थामा पक्राउ गरेकाे थियाे ।
पक्राउ पर्नेमा भोजपुर घर भई कोटेश्वर बस्ने कम्पनीका मार्केटिङ हेर्ने ३० वर्षीय दीपक खड्का,भ्यानका चालक गोदावरी बस्ने ३२ वर्षीय जयराम केसी र लोडरको काम गर्ने २९ वर्षीय प्रज्वल रिजाल रहेकाछन् ।
टिप्पणीहरू: