- असार ०७, २०८०
काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।
अदालतका तर्फबाट जाहेरी आएपछि अनुसन्धान अघि बढ्ने प्रहरीकाे भनाई छ ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको जनाएकाे छ । सर्वाेच्च र काठमाडाैं जिल्ला अदालत जलाउनेहरुकाे विभिन्न भिडियाे फुटेज यस अघि नै सार्वजनिक भैसकेकाे छ ।
प्रहरीले भिडियाे फुटेजकाे साथै थप अनुसन्धान गरेर घटनामा संलग्नलाई कार्वाहीकाे दायरामा ल्याउने भएकाे छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो ।
टिप्पणीहरू: