आइतबार, १५ चैत २०८२

२ सातादेखि हराइरहेका थिङको शव कुहिएकाे अवस्थामा भेटियो


सांकेतिक तस्बिर

वाग्मती। विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको हो।

लामो समयदेखि मानसिक समस्या भोग्दै आएका थिङ गत गत फागुन २९ गते घरबाट बेपत्ता भएको जनाउँदै परिवारजनले खोजतलाशका लागि प्रहरीमा निवेदन दिएका थिए।

थिङको खोजतलाश गर्ने क्रममा कुहिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

सो घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ