- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। नेपाल प्रहरीले ३ पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएकाे छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो।
विभागले प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको गृह प्रशासनले जनाएकाे छ।
यसैगरी दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि पनि अनुसन्धान अघि बढाइएको छ। साेही क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई पक्राउ गरिएकाे गृह स्राेत जनाएकाे छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीमा देउवा र प्रचण्ड र खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए। साेही आधारमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएकाे हाे।
टिप्पणीहरू: