- असार ०६, २०८०
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरिएकाे छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ओली र लेखकलाई १० दिन म्याद थप गर्न माग गरेकाे हाे।
उक्त मागमाथि अहिले जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ।
जेनजी आन्दोलन सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो।
टिप्पणीहरू: