शुक्रबार, ०९ माघ २०८२

नेपाली समाजमा कुनै पनि अराजकताका लागि ठाउँ छैन : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री सुशीलाका कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ नपाउने बताएकी छिन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएकी प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय भएको बताइन् । ‘खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ ।’ उनले भनिन् ।

भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको भन्दै उनले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित भएको बताइन् । 

आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका भन्दै निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफु आतुर भएको बताइन् ।

निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गरिन् । ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो ।’ उनले भनिन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ