- असार ०६, २०८०
काठमाडौं । भृकुटी मण्डपमा जारी एमाले महाधिवेशनका क्रममा भएको मतदान बेलुका अबेरसम्म हुने भएको छ । बुधबार बिहान नौ बजेबाट सुरु भएको मतदान प्रकृया अहिले जारी छ ।
उम्मेदवारहरु आफ्ना लागि भोट माग्न व्यस्त छन् । अध्यक्षमा केपी शर्मा ओली र इश्वर पोखरेल प्यानलसहित भिडेका छन् ।
उम्मेदवार धेरै भएकाले मत खसाउन समय लागेको सहभागीहरुले बताएका छन् । एकजनालाई मत खसाल्न पचास मिनेटसम्म लागेको सहभागीहरुको भनाई छ ।
‘लाईनमै छौं मतदानको स्थिती हेर्दा रातीसम्म चल्छ ।’मत खसाल्न लाइन बसेका सुदुरपश्चिम भुगोलका केन्द्रीय सदस्यका उम्मेदवार डेजी पाण्डेले भने ।
निर्वाचन आयोगले मतदातालाई पाँचबजे भित्र मतदान स्थल प्रवेश गरिसक्न निर्देशन जारी गरेको छ ।
टिप्पणीहरू: