शनिबार, २४ जेठ २०८२

उडिजाउँ भने म पन्छी हैन’ गीत चलचित्र ‘परालको आगो’मा राखिने


काठमाडौं । निर्माणाधिन फिल्म ‘परालको आगो’मा पुरानाे कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ।

सुशिल पोखरेलको निमार्णमा बन्न लागेको फिल्म ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो।

चार दशक अघि निर्माण भएको फिल्म ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए।

शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र स्व.अरुणा लामाको स्वर रहेको छ। यो कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन,बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उतिकै चर्चामा छ। परालको आगोका लागि यो गीत नै चाहिने हुनाले श्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए।
उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ।

संगीतकार ठटालले आफुले यो गीत परालको आगोमा समावेश गर्नअनुमति दिएको बताएकी छन् । 

उनले भनिन्,‘श्री ॐ सिने मेकर्स प्रा.लिबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र गुरु प्रसाद मैनालीको कथा ‘परालको आगो’मा उल्लेखित शब्द र मैले कम्पोज गरेको संगीत ‘उडी जाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’पुन निर्माणाधिन चलचित्र ‘परालको आगो’मा प्रयोग गर्न मेरो पुर्ण मन्जुरी छ। साथै चलचित्रको अपार सफलताको हार्दिक मंगलमय शुभकामना पनि दिन चाहन्छु।’
आफ्नो गीत फिल्ममा समावेश हुँदा खुशी लागेको बताईन्।

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’मा अभिनेताद्धय जितु नेपाल,प्रकाश सपुत, अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ। केहि साताअघि निर्माण टिमले उनीहरुलाई अनुबन्धित गरेको हो।

लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको यो फिल्ममा वि.स. २०८२ को दशैंमा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्माण गरेका थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ