- असार ०६, २०८०
काठमाडौं । मधेश प्रदेश स्तरीय युवा जागरण कार्यक्रममा जान लागेका एमाले महासचिव शंकर पोखरेल र पाेलिटब्युराे सदस्य महेश बस्नेतकाविरुद्ध बारामा जेनजीले प्रदर्शन गरेपछि नेताद्धय काठमाडौं एअरपोर्टमै रोकिएका छन् ।
बुद्ध एअर मार्फत सिमरा हुँदै जान लागेका नेताद्धयको बिरुद्धमा सिमरा स्थित विमानस्थलमा युवाहरुले प्रदर्शन गरेका थिए ।
युवाहरुको प्रदर्शनपछि काठमाडौं सिमराको उडाननै रोकिएको पत्रकार राजन कुइकेलले उल्लेख गरेका छन् । कार्यक्रममको सिलसिलामा बारा जान लागेका पत्रकार कुइकेल उडान रद्द भएको भन्दै सामाजिक सञ्जाल फेशबुकमा लेख्छन् ‘विमानमा एमाले महासचिव शंकर पोखरे र महेश बस्नेत रहेको भन्दै सुरक्षाको कारण सिमरा अवतर हुन सकेन ।’
टिप्पणीहरू: