- असार ०६, २०८०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् ।
यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।
नेकपा एमालेलगायत कतिपय दलले निर्वाचन नहाेला कि भन्ने आशंका गरेकाे बेला सरकारले निर्वाचन हुने विश्वास दिलाउने प्रयाश गरेकाे छ ।
टिप्पणीहरू: