बुधबार, २० साउन २०८३

सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेकाे संख्या तीन पुग्याे


काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ । मेहताकाे मृत्यु सँगै उक्त घटनामा मृत्यु हुने संख्या तीन पुगेकाे छ ।

घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन ।

योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ