सोमबार, ०५ असोज २०८३

न्युयोर्कमा भेटवार्ता गर्न जेलेन्स्की र ट्रम्प सहमत


किएभ ।  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कमा भेटवार्ता गर्न सहमत भएका छन् ।

आइतबार साँझ दुई नेताबीच टेलिफोन वार्ता भएपछि जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत आगामी भेटवार्ताले कूटनीतिक प्रयासमा नयाँ गति दिन सक्ने विश्वास व्यक्त गरे । उनले लेखेका छन्, “यस भेटघाटले धेरै कुरा परिवर्तन गर्न सक्छ । कूटनीतिक गतिशीलता देखिएको छ ।”

जेलेन्स्कीका अनुसार वार्ताका क्रममा अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफ र जारेड कुशनरको युक्रेन भ्रमणबारे पनि छलफल भएको थियो । उनले युक्रेनका लागि शान्ति प्रक्रियालाई अघि बढाउनु उच्च प्राथमिकतामा रहेको दोहो-याए ।

दुवै नेताबीच तनाव न्यूनीकरणका उपाय, ऊर्जा सुरक्षा, खाद्य सुरक्षा तथा मानवीय जीवनको संरक्षणसँग सम्बन्धित विषयमा पनि विचार आदान–प्रदान भएको जेलेन्स्कीले बताए।

उनले युक्रेन अमेरिकी टोलीसँग सहकार्यलाई निरन्तरता दिन र शान्ति स्थापनाका लागि वास्तवमै गम्भीर कदम चाल्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ