सोमबार, ३० चैत २०८२

‘मितज्यू’मा दया र सौगातको लडाईँ


काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। आइतबार ओएसआएर युटुबमार्फत फिल्मको टिजर रिलिज भएको हो। 

टिजरमा ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई,सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन्। उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन्। उनीहरु नजुधुन् भन्ने हिसावले मित लगाइएको हुन्छ। हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो २ मिनेट लामो टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन्।

पुराना पुस्तामा रहेको यो मितेरी साइनो नयाँ पुस्तामा निर्माण पक्षले कथा बन्ने चेस्टा गरेको छ। हात हेराउन ज्योतिषको पुगेका दया र सौगातलाई परस्त्रीसँग लसपस त भएको छैन। त्यसले विश्वकर्माको कृपा तपाईमाथी घट्ने देखिन्छ भनेपछि अतालिन्छन्। यसैको सेरोफेरोमा टिजरले भन्छन्। 
टिजरमा दयाहाङ,सौगातका अलवा खबपु, तेरिया पौजा मगर,शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ। 

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगरका अलवा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मलाई शिशिर बिशंखेले खिचेका छन्। 

फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। फिल्मका गीतमा संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने फिल्मका गीतमा संगीतकार मल्ल,मेलिना राई र लक्ष्मी मल्लले गाएका छन्। आरआर फिल्म्स वितरक रहेको यो फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेका छन l

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ