- भदौ ०१, २०८१
मुम्बई । कनिका मान टेलिभिजनकी प्रसिद्ध कलाकार हुन् । गुडुन शोबाट चर्चामा आएकी उनी नागिन सिरियलमा पनि देखिएकी छिन् । ३२ वर्षकी यी नायिकाले विवाहका बारेमा अहिलेसम्म सोचेकी छैनन् । तर, उनी २२ वर्षको हुँदादेखि नै घरमा विवाहको कुरा हुँदै आएको थियो ।
जति बेला उनी २२ वर्षकी भएकी थिइन् । उनका विवाहको कुरा लिएर नातेदारहरु घरमा आएका थिए । उनलाई भने करिअरको चिन्ता थियो । एउटा चिट्ठी लेखेर घरबाट भागेकी थिइन् ।
छोरीहरु जतिसुकै क्षमतावान भएपनि घरको काम सिक्नै पर्ने भन्दै आफुलाई घरका मान्छेले असल बुहारी बन्न टिब्स दिने गरेको सम्झिन्छिन् ।
टिप्पणीहरू: