बुधबार, १७ वैशाख २०८२

रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले पठायाे कारागारलाई पत्र


काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक  रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतले  कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आज बिहान कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।  

अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न  कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, 'यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।'

नक्कली पत्रका आधारमा पक्राउ परेका चाैकरी आधिकारिक पत्रपछि रिहा हुँदैछन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ