- असार ०७, २०८०
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् ।
विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेकाे हाे । अहिले उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार चौधरीलाई प्रकाउ गर्ने पत्र कानुनसम्मत नदेखिएपछि विष्टलाई पक्राउ गरिएकाे हाे ।
सर्वोच्चले अर्को पत्र पठाएपछि चौधरी भने थुनामुक्त भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभामा सहभागी हुन प्रज्ञा भवन पुगेका चौधरीलाई सर्वोच्चको फैसला कार्यान्वयनसम्बन्धी आदेशबमोजिम भन्दै प्रहरीले बुधबार कमलादीस्थित प्रज्ञा परिसरबाट पक्राउ गरेकाे थियाे ।
संरक्षक चौधरीलाई कैलालीको टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा रहेको भन्दै सर्वोच्चले जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामा लामो समय कारागार बसेका चौधरी गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर रिहा भएका थिए ।
टिप्पणीहरू: