- भदौ ०१, २०८१
मुम्बई । एडल्ट इण्डष्ट्रीमा काम गरेकी सन्नी लियोनी अहिले बलिउडमा सक्रिय छिन् । श्रीमान र छोरा छोरीका साथ खुसी साथ जिइरहेकी सन्नी बिगतका कतिपय पारिवारिक कुरा सम्झेर दुःखी हुन्छिन् ।
बलिउड बबलसँग कुरा गर्दै उनले आमाको निधनको प्रसंग सम्झदै नरमाईलो मानिन् । आमाको निधन भएको बेला आमाको छेउमा बस्न नपाएको घटना सम्झेर अहिले पनि नमज्जा लाग्ने बताइन् । ‘आमाको मृत्युको प्रसंग सम्झिदा मलाई अहिले पनि पछुतो हुन्छ र जति बेला उहाँको निधन भयो त्यति बेला म घरमा थिइन ।’ उनले भनिन् ‘म आमालाई सन्चो छैन भन्ने थाहा पाएपछि छिटो छिटो घर पुगेँ तर, म पुग्दा उहाँको प्राण गइसकेको थियो ।’
सन्नीका अनुसार उनका बुबा उनलाई प्रोटेक्ट गर्न चाहन्थे । घरको कतिपय कुरा उनलाई उनलाई भन्दैन थे । आमाको निधन भएको बेला उनी काममा गएकी थिइन् । आमाको अन्तिम सास जाने बेला आमाको साथमा हुन नपाएको घटना उनलाई अहिले पनि जीबनकै सबै भन्दा नमज्जाको घटना लाग्ने गरेको छ ।
टिप्पणीहरू: