- भदौ ०२, २०८१
मुम्बई । बलिउडमा केही सुपरस्टार छन् जो, आफ्नै पौखरमा स्थापित भए अनि नाम र दाम कमाए । सुनिल शेट्टी बलिउडमा असाध्यै धेरै दुःख गरेर स्थापित हुने नायक मध्ये एक पर्छन् ।
उनका बुबा कुनै समय होटलमा वेटर काम गर्थे । सुनिलले एक अन्तरर्वार्ताका क्रममा भनेका थिए ‘मेरो बुबा जुन होटलमा वेटरको काम गर्नुहुन्थ्यो । पछि मैले त्यही होटल किनेँ र बुबालाई उपहार दिएँ ।’
उनको भनाई अनुसार उनका बुबा वीरप्पा शेट्टी होटलमा वेटरको काम गर्थे । निकै संघर्षपछि सन १९४३ मा उनले एउटा बिल्डिङ खरिद गरेका थिए । सुनिल भन्छन् ‘मेरो बुबा आफैंमा रियल हिरो हुनुहुन्थ्यो । उहाँले काम गर्दा कहिल्यै लजाउनु भएन ।’
सुनिल अहिले निर्माता पनि हुन् । आफ्नो प्रोडक्सन हाउस पपकर्न इन्टरटेनमेन्टको व्यानरमा उनी फिल्म बनाउछन् । अन्य केही रेष्टुरेन्ट पनि सञ्चालन पनि गरेका छन् । उनको कुल नेटवर्थ १२५ करोड भन्दा बढी रहेको छ ।
टिप्पणीहरू: