- भदौ ०२, २०८१
मुम्बई । ‘जना नायकन’ तमिल स्टार विजय थलापतिको अन्तिम फिल्म हुने भनिएको छ । यसपछि उनी पुरै राजनीतिमा सक्रिय हुनेछन् । विजय तमिलगा वेट्ट्री कझगम’ टिभीके’ का संस्थापक अध्यक्ष हुन् र यदि आगामी विधानसभामा जिते भने उनी राजनीतिमा पूर्ण रुपमा सक्रिय हुनेछन् ।
सन १९९२ मा आफ्ना पीता एस ए चन्द्रशेखरको फिल्म नालैया थीरपुबाट विजयले मुख्य भुमिकामा डेब्यु गरेका थिए । यस अघि उनी केही फिल्ममा वालकलाकार थिए । उनले सन १९८४ मा वेट्रीमा बाल कलाकारको रुपमा फिल्ममा काम सुरु गरेका थिए । फिल्मको निर्देशन उनको बुबा चन्द्रशेखरले गरेका थिए । जब उनले बुबासंग फिल्ममा हिरो बन्न आग्रह गरे बुबाले मानेका थिएनन् ।
विजयकीले ‘कफि विथ अनु’ मा विजयले बताए अनुसार उनी पढाईमा राम्रा विद्यार्थी थिएनन् । उनलाई पढन खास जाँगर लाग्दैन थियो । त्यसकारण उनले बालाई पटक पटक फिल्ममा लैजान भनेका थिए । बालाई पटक पटक भन्दा पनि हुँदैन भनेपछि विजयले रिसाएर घर छाडेर उद्ययम थिएटर गएका थिए । जाने बेलामा उनले बालाई चिट्ठी लेख्दै भनेका थिए । ‘मलाई नखोज्नु होला ।’
उनको योजना थियो । दुई घन्टामा फिल्म हेरेर घर फर्किने । तर, बाले छोरा फिल्म हल पुगेको जानकारी पाए र लिएर आए ।
टिप्पणीहरू: