बिहिबार, २९ जेठ २०८२

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते, नेदरल्याण्ड्सविरुद्धको खेल नखेल्ने


फाइल तस्बिर

काठमाडौँ। स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको आजको खेलमा सोमपाल कामी र गुल्सन झाले नखेल्ने भएका छन्। अभ्यासका क्रममा घाइते भएका कारण दुवैजनाले आजको खेल गुमाउने भएका हुन्। 

‘सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्’, नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्श पश्चात् नेदरल्यान्ड्सविरुद्धको खेल र टी–२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तीमा जनाइएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ