बिहिबार, २९ जेठ २०८२

२५ अंकले बढ्याे नेप्से


काठमाडौं ।  नेप्से परिसूचक आज २५.०७ अंकले बढेको छ । म‌ंगलबार नेप्से परिसूचक ०.९४ प्रतिशत बढेर २६७८.१७ विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकम पनि बढेको छ ।  १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । आज फाइनान्स समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक ५.१२ प्रतिशतले बढेको छ ।

आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।

पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६.१४ प्रतिशतले घटेको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ