- भदौ ०२, २०८१
काठमाडौं । गायिका नीतु पौडेलको निधन भएको छ । आज बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा उनकाे निधन भएको हो ।
गत कार्तिक १ गते अनामनगरमा नीतुले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएको पौडेलको आज निधन भएको प्रहरीले जनाएको छ । नीतुका पारिवारिक सदस्यका अनुसार उनी गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्वन्धमा थिइन् ।
विवाहको विषयमा विवाद भएपछि पौडेलले बाबुलकाे एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् । पौडेललेको मृत्यु भएपछि बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता भएको छ।
जाहेरी दर्ताअगवै बाबुल बिहान प्रहरी कार्यालयमा पुगेका थिए । अहिले उनी त्यहीँको हिरासतमा छन् ।
टिप्पणीहरू: