- भदौ ०२, २०८१
काठमाडौंँ । ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । आयोजक रिवन इन्टरटेनमेन्टले राजधानीमा एक कार्यक्रम गरेर प्रतियोगी सार्वजनिक गर्दै स्यस समेत बितरण गरेको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आप्mनो परिचय दिए ।
विवाहित महिलाहरु सहभागी प्रतियोगितामा यसबर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्सदेखि गृहणीसम्म छन् । जसमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार सहभागी छन् । अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, साहारा आचार्य तिमल्सिना सहभागी छन् । त्यस्तै नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल, दीपा विश्वकर्मा लगायत छन् ।
कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा ग्राण्ड फिनाले हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । यो बर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगीतामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन हुनेछ ।
टिप्पणीहरू: