- असार ०७, २०८०
काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भए फिर्ता ल्याउन सरकारलाई आग्रह गरेका छन् । ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, प्रचण्डले संसदको राज्य व्यवस्था समितिको बैठकमा भने ।
नुवाकोटमा रहेकाे "शेरा दरवार” जग्गा प्रकरणमा पार्टीकाे नाम जाेडेकाे भन्दै माओवादीले विज्ञप्ती निकालेर आपत्ती जनाएकाे थियाे । उक्त जग्गा प्रकरणका मुख्य भनिएका विकेश श्रेष्ठ पार्टिको कुनै जिम्मेवारीमा नरहेकाे माओवादीले प्रष्टिकरण दिएकाे थियाे ।
टिप्पणीहरू: