शुक्रबार, २६ पुस २०८१

सबै नेताहरुको सम्पत्ति छानबिन गर्न गगन थापाको आग्रह


काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै नेताहरुको सम्पत्ति छानबिन गर्न आग्रह गरेका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माहमन्त्री थापाले शक्तिशाली आयोग बनाएर सबैको सम्पत्ति छानबिन गर्न आग्रह गर्दै भने ‘एउटा शक्तिशाली आयोग बनाऔं र हामी सबैको सम्पत्ति छानबिन गरौं ।’

शीर्ष नेतृत्व नै सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिरिएपछि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भन्नेमा रहेकाले यस विषयमा शीर्ष नेतृत्व तहमै छलफल हुनुपर्ने धारणा बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ