बिहिबार, २५ पुस २०८१

नयाँ वर्ष मनाइरहेका वेला जब छात्तीमाथी कार गुड्याे


ओरलियन्स । अमेरिकाको दक्षिणी सहर न्यु ओरलियन्समा भएको दुर्घटनामा मृत्यु हुनेकाे सङ्ख्या १५ पुगेको छ।

ओरलियन्सको फ्रेन्च क्वार्टरको लोकप्रिय गल्लीमा नयाँ वर्ष मनाइरहेको समयमा भीड माथि कार कुदेको थियो। सो स्थान बार क्लब तथा नाइट लाइफका लागि चर्चित ठाउँ हो।

गल्लीमा सङ्गीत गुन्जिरहेको समयमा एक्कासी मानिसको शरीरबाट कार कुद्न थालेपछि भागाभाग भएको थियो। सो घटना गराउने व्यक्ति टेक्ससका ४२ वर्षीय समसुदिन जबार रहेको जनाइएको छ। प्रहरीको गोलीबाट मारिनु अघि उनले चलाएका कारका कारण थिचिएर १५ जनाको ज्यान जानुका साथै ३५ जना घाइते भएका हुन्।

फेडरल ब्युरो अफ इन्भेस्टिगेसनका अनुसार आक्रमण भएको ठाउँमा इस्लामिक स्टेटको झन्डा भेटिएको छ। अनुसन्धानमा संलग्नका अनुसार सो घटनामा एक व्यक्ति मात्र दोषी छैनन्। धेरैको संलग्नता रहेको अनुमान गरिएको छ।

घटना स्थानीय समय अनुसार बिहान ३:१५ मा भएको थियो। घटना भएको स्थान लुसियाना राज्यमा पर्छ। सो घटनामा दुई जना प्रहरी पनि घाइते भएका छन्। 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ