सोमबार, ०५ साउन २०८२

साम्बाला उत्कृष्ठ चलचित्र, विजय बराल उत्कृष्ठ अभिनेता


काठमाडौं । मीन बहादुर भाम निर्देशित साम्बाला २०८१ को उत्कृष्ट चलचित्र बन्न सफल भएको छ । चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार-२०८१ मा साम्बालाले उत्कृष्ट चलचित्रका पुरस्कार पाएको हो ।

सोमबार राष्ट्रिपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ९ विधामा पुरस्कार प्रदान गरे ।

उत्कृष्ट निर्देशकतर्फको पुरस्कार पनि यसै फिल्मबाट मीनबहादुर भामले नै पाएका छन् ।

उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाए । उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपसना सिंह ठकुरीले पाइन् । उनले खुस्मा फिल्मबाट यो पुरस्कार पाएकी हुन् ।

पटकतथातर्फ छक्का पञ्जा ५ बाट दिपक राज गिरीले पाएका छन् भने छायांकनमा पीताम्बर फिल्मबाट पुरुषोत्तम प्रधानलाई पुरस्कार प्रदान गरिएको छ ।

नेवारी फिल्म लगायबनले आदीवासीतर्फ उत्कृष्ट फिल्मको पुरस्कार पाएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्म पुजार सार्कीले जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।

सबै विधामा उत्कृष्टलाई नगद २५ हजार र ट्रफी प्रदान गरिएको छ ।

निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हज़ार सहित दीर्घ साधना सम्मान प्रदान गरिएकाे बोर्डले जनाएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ