शनिबार, १३ पुस २०८१

सरकारले व्यक्तिको जग्गा लुटेको छ, मुआब्जा दिँदैन : बालेन शाह


काठमाडौं, १२ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले दुई तिहाइको सरकारले काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम हुँदैछ भनेर झुटो आश्वासन मात्रै दिएको बताए ।

‘५० औं वर्षदेखि जग्गाको समस्या समाधान भएको छैन । त्यही कारण मुआब्जा प्राप्त भएको छैन । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन,’ उनले भने, ‘कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन । केही काम भएको छैन ।’

मेयर बालेनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री,  गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने बताए ।

‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ,’ उनले भने, ‘गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै  । अहिले पनि यो काम भएन भने कहिल्यै पनि हुँदैन ।’



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ