शनिबार, १३ पुस २०८१

चन्द्र भण्डारीको प्रश्न : सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो को नेता बाँकी रहला ?



काठमाडौ, १२ पुस । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै पनि दलका नेता बाँकी नरहने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको समेत अभियोगमा कास्की जिल्लामा बयान दिइरहेका बेला सरकारमै रहेको पार्टी कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले उक्त टिप्पणी गरेका हुन् ।

‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर’, शुक्रबार भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ कि ! सत्यलाई सत्य थाहा हुन्छ ।’

सहकारी ठगीमा संलग्न लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सरकारले प्रतिसोध साँधेको टिका टिप्पणी भइरहेको बेला नेता भन्डारीको यो अभिव्यक्तिले केही प्रश्न जन्माएको छ । नेता भण्डारीको भनाइलाई मान्ने हो भने धेरै नेताहरु भ्रष्ट छन् । किनकी उनले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने हो भने कोही बाँकी रहन्नन् भन्नुको अर्थ सबै भ्रष्ट छन् भन्ने हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुसासन कायम गर्ने प्रतिवद्धता जनाए पनि मन्त्रीहरुको सम्पत्ति विवरण समेत सार्वजनिक गरेका छैनन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ