शनिबार, ३० चैत २०८१

सपना देख्न पछि हट्नेका लागि केपी ओली प्रेरणा हुन् : प्रकाश सपुत


काठमाडौं । कलाकार प्रकाश सपुतले प्रधानमन्त्री केपी ओलीलाई  नेपाली राजनीतिका अद्भुत व्यक्तित्व भनेर टिप्पणी गरेका छन् ।

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै सपुतले उहाँबाट संघर्ष गर्न सिक्नु पर्ने बताए । ओलीको राजनीति मात्र होइन कला, साहित्य र व्यङ्ग्य चेत निक्कै माथि रहेको उनकाे भनाई थियाे । ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेका लागि केपी ओलीको जीवन प्रेरणादायी छ’, सपुतले भने । 

केपी ओलीमा उमेर भन्दा बढीको युवा सोच भएको उनकाे भनाई थियाे । ओलीमा त्यस्तै स्मरण शक्ति भएको आफूले अनुभूति गरेको सपुतले सुनाए । केपी ओली र उहाँको पुस्ताले नेपालमा समृद्धिको सपना बुनेको भन्दै उनले धन्यवाद व्यक्त गरे । उहाँहरूको योगदानले देश परिवर्तन भएको हो र देश परिवर्तन उहाँहरूबाट सम्भव छ भनि अहिलेको पुस्ताले देखेको सपनालाई मर्न नदिन सपुतले अनुरोध गरे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ