- असार ०७, २०८०
काठमाडौँ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारका स्वास्थ्यमन्त्री प्रदीप पाैडेलले बढुवा राेकेपछि रुष्ट भएर बिदा बसेकी डा. संगीता कौशल मिश्रा अन्तरिम सरकारकाे स्वास्थ्यमन्त्री बन्ने भएकी छन्।
उनको नाम स्वास्थ्यमन्त्रीका लागि लगभग फाइनल भएको प्रधानमन्त्रीनिकट स्राेतकाे भनाई छ।
मिश्रा यस अगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत थिइन्। तत्कालीन स्वास्थ्यमन्त्री पौडेलले विकास देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्ति गरेपछि उनी असन्तुष्ट थिइन्।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुनकाे चर्चा छ भने सञ्चार, सूचना तथा प्रविधिमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम आइरहेकाे छ।
टिप्पणीहरू: