सोमबार, ०८ पुस २०८१

सानो बजेटको फिल्मले दिएको ठूलो खुसी


मलायम अभिनेत्री नित्या मेननले नेशनल अवार्ड पाएपछि आफ्नो रोजाईको जित भएको प्रतिक्रिया दिएकी छिन् ।

उनले मलायम चलचित्र ‘थिरुचित्रम्बलम’ बाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार पाइन् ।

फिल्ममा उनले धनुषसँग अभिनय गरेकी थिइन् । इण्डिया टुडेसँगको विशेष कुराकानी गर्दै उनले राष्ट्रिय पुरस्कार प्राप्त गर्नु किन महत्त्वपूर्ण छ अहिले अनुभव गरेको बताइन् । 

उनले आफु यो अवार्डका बिल्कुलै तयार नभएको प्रतिक्रिया दिएकी छिन् । ‘वास्तवमा, म प्रमाणीकरण गर्न तयार थिएँ । आफैंलाई तयार गर्दै थिएँ ।’ उनले भनिन् ‘कुनै पनि अवार्डको हकदार हुनका लागि पहिला आफु योग्य हुनु पर्छ । म आफुलाई योग्य बनाउने क्रममै थिएँ ।’

उनी फिल्म छनौटमा चुजी छिन् असामान्य र बोल्ड विषय उनको छनौटमा पर्छन् । उनी जहिल्यै व्यवसायिक भन्दा पनि रचनात्मक फिल्ममा काम गर्न मन पराउछिन् ‘तपाईले फिल्म मात्रै रचनात्मक छानेर हुँदैन टिम पनि त्यस्तै हुनुपर्छ ।’ आफु सफल हुनुको कारण खुलाइन् ।

ठूलो बजेटकै किन नहोस् मसालेदार फिल्म उनको रोजाईको विषय बन्दैन । सानो बजेटको फिल्ममा काम गरेर पनि ठूलो खुसी मिलेको धारणा राख्ने नित्या आफु कसरी खुसी हुन सकिन्छ बाटो आफैंले तय गर्नु पर्ने धारणा राख्छिन् ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ