- भदौ १२, २०८१
पोखरा । साहित्यकार, फिल्म निर्देशक, गीतकार, लेखक तथा कवि । उपेन्द्र सुब्बाको परिचय यतिमा मात्रै सीमित छैन । उनी आफ्नो समुदायलाई एकदम माया गर्ने मान्छे हुन्, र त आफ्नै समुदायको कथालाई केन्द्रमा राखेर ‘जारी’ फिल्म निर्माण गरेका छन् । सन्दर्भ पोखरामा जारी १२ औं एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलको अन्तिम दिनको हो ।
आइतबार भएको सेसनमा उनले भने अनुसार उपेन्द्रलाई प्रश्न सुन्दर पक्ष लाग्ने रहेछन् । सेसनमा सुब्बासहित वक्ताका रुपमा शान्ता नेपाली र दीपक रौनियारको समेत सहभागिता थियो भने सहजकर्ता रीना मोक्तान थिइन् । उनलाई लिम्बू समुदायको विषयमा फिल्म निर्माण गर्दा सोही समुदायका व्यक्तिले गाली गर्दा र प्रश्न उठाउँदा खुसी लाग्छ । ‘गाली र प्रश्न त सुन्दर पक्ष हो, तर त्यसको लागि उपयुक्त स्थान हुनुपर्छ, छलफल गर्ने छुट्टै स्थान हुनुपर्छ नि ।’ सुब्बाले हाँस्दै भने ।
आफ्नो समुदायको लागि केही उदाहरणीय कार्य गर्नुपर्छ भन्ने धेरैको सपना हुन्छ । पहिले साहित्यकार र पछि फिल्म निर्देशकको रुपमा चर्चा कमाएका सुब्बालाई फिल्म क्षेत्रमा हात हाल्नुभन्दा अगाडि त्यस्तो कुनै सोँच थिएन । कहिलेबाट मेरो समाज फिल्म क्षेत्रमा कम छन् जस्तो लाग्यो, काम गर्दाको कस्तो अनुभव रहयो भन्ने सहकजर्ताको प्रश्नको जवाफ दिनुभन्दा अगाडि उनी मुसुक्क मुस्कुराए । ‘साहित्य र कथा लिम्बू समुदायमा सुन्दर छ । मेरो अग्रज दह्रो–दह्रो भएर होला मलाई हिम्मत र आँट आयो ।’ उनले भने, ‘म यो क्षेत्रमा धेरै सजिलो गरेर आएँ । फिल्म बनाउँदा चल्दैन कि, गाली गर्छन् कि भन्ने डर लागेन, त्यसमा पनि दयाहाङ राई जस्ता कलाकार मेरो रोजाई थिए ।
नेपाली सिनेमा क्षेत्रमा नेपाली फिल्म निर्देशक, निर्माता कम संख्यामा छन् । शान्ता नेपाली ती थोरै संख्या मध्येकी एक हुन् । उनी फिल्म निर्माता र निर्देशक दुवै हुन् । पछिल्लो क्रममा महिलासंग सम्बन्धी कथाबाट फिल्म बन्ने क्रम बढ्दो छ । तर ती कथालाई न्याय गर्न सकिएको जस्तो अनुभव उनले गर्न पाएकी छिन् । यति मात्रै होइन, नेपालका आदिवासी जनजाति, उत्पीडित तथा अन्य समुदायसंग केन्द्रीत रहेर फिल्म निर्माण हुने क्रम बढिरहेको छ, तर संस्कार मात्रै बढी आएको उनी बताउँछिन् ।
‘कुनै समुदायको कथालाई नेपाली चलचित्रमा समावेश गर्दा न्याय मिलेको छैन, न्याय दिन सक्ने गरेर निर्माण हुनुप¥यो ।’ उनी भन्छिन् । शान्ता आफैं दलित समुदायको प्रतिनिधित्व गर्दै यो क्षेत्रमा प्रवेश गरेकी हुन् । आफ्नो समुदायको कथालाई आँसु बिकाउने माध्यम मात्रै बनाइएको उनको गुनासो छ । ‘पछिल्लो क्रममा दलित समुदायको कथा फिल्ममा आएको छ । तर बुझेर उहाँहरुको कथा आएको जस्तो लाग्दैन ।’ उनी भन्छिन्, ‘फिल्म हेरेर रुन्छन् पनि, तर उक्त समुदायको व्यक्तिको कथा भने परिर्वतन उनीहरुको जीवनमा हुँदैन ।
जातको प्रश्न उठाएर फिल्म निर्माण गरिदा डलर खाएको आरोप आउँछन्, असभ्य गालीको वर्षा हुने गरेको छ । कसैको मुद्धा उठाइरहँदा त्यो मुद्धामा गम्भीर नभएर पैसा कमाउनुपर्छ भनेर मात्रै बनाइएको हो कि भन्ने सहजकर्ता मोक्तानको प्रश्नको जवाफ दिँदै नेपालीले भनिन्, ‘कसैको कथालाई राखेर समाजका लागि सन्देशवहाक भन्दा पैसा कमाउने धन्दा मात्रै बनाउने योजना बुन्नु गलत हो ।’ कतिपय दर्शकले गाली गरिरहँदा उनलाई पनि आनन्द आउने रहेछ । गाली आउँदा आफूलाई सुधार्ने र सिक्ने मौका पाइने उनको भनाई छ ।
फिल्म निर्देशक दीपक रौनियारलाई समाज र फिल्मको कथाको पात्र कही न कहीं सम्बन्ध भएको जस्तो लाग्छ । विगतको १५ वर्ष यता नेपाली फिल्म क्षेत्रमा धेरै परिर्वतन आएको देखेका छन् । ‘२०४६ सालपछि हो नेपालमा चलचित्र खुलेर बन्न थालेको । तर अझै यो क्षेत्रमा धेरै परिर्वतन आउन बाँकी नै छ ।’ उनले भने, ‘समाजलाई जोडेर फिल्म निर्माण हुनुपर्छ भन्ने मेरो माग हो ।’
रौनियार आफैंले फिल्म नबनाएका होइनन् । त्यसैले लाग्छ, समाजसंग जोडिएको कथा अझै आउन सकेको छैन । नेपाली फिल्मलाई विश्वप्रतिष्ठित फिल्म फेस्टिभलमा पु¥याउनमा रौनियारको महत्वपूर्ण भूमिका छ । कुनै एक स्थान र त्यहाँको कथाको विषयमा फिल्म निर्माण गर्ने हो भने सोही स्थानमा गएर अध्ययन र अनुसन्धान हुनु आवश्यक रहेकामा रौनियार जोड दिन्छन् । ‘मधेसी पात्रलाई अझै मजाकको रुपमा प्रस्तुत गर्ने प्रचलन हटेको छैन, गम्छा घाँटीमा राखिदिएकै हुन्छ ।’ उनी भन्छन्, ‘मधेसी समुदायका व्यक्तिले कुनै फिल्ममा मुख्य चरित्र पाउँछन् भने त्यसैमा खुसी हुने अवस्था छ ।’
टिप्पणीहरू: